Logo

युनिक लुद्दिन इन्टरनेसनलमाथि विभागको मुद्धा



काठमाडौं, १४ पुस । बाराको युनिक लुद्दिन इन्टरनेसनल प्रालिलाई राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । १६ करोड ४ लाख ४६ हजार ४३३ रुपैयाँ बिगो माग गर्दै बुधबार विभागले प्रालिका संचालकहरु जमालद्दिन अन्सारी, जयकिशोर साह, स्ुर्यजित प्रसाद साह र तयनाथ अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।

वस्तु तथा सेवा खरिद नै नगरी झुटो नक्कली मुल्य अभिबृद्धि करण बिजकमात्र खरिद गरी मुल्य अभिबृद्धि कर र आयकर छलेको संचालकहरुमाथि विभागले आरोप लगाएको छ ।

युनिक लुद्दिन इन्टरनेसनलमाथि ५ करोड ३५ लाख १२ हजार ८०४ अभिबृद्धि कर, ९ करोड ३४ लाख २७ हजार ११ आयकर, १ करोड ३५ लाख लाभांश छलेको अनुसन्धानमा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्