Logo

चिनियाँ विदेशमन्त्री वाङ यीले अफ्रिकी, एसियाली राष्ट्रको भ्रमण गर्ने



बेइजिङ, १५ पुस: चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले आगामी जनवरी ४ देखि ७ सम्म इरिट्रिया, केन्या र कोमोरोसको भ्रमण गर्ने कार्यक्रम रहेको छ । चिनियाँ विदेशमन्त्रीहरूले वर्षको शुरुमा अफ्रिका भ्रमण गर्ने परम्परालाई निरन्तरता दिँदै उक्त भ्रमण गर्न लागेको बाताइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार बेइजिङमा उक्त घोषणा गरेका हुन् । अफ्रिकी भ्रमणपछि वाङले निमन्त्रणामा माल्दिभ्स र श्रीलंकाको भ्रमण गर्ने झाओले बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्