Logo

बैंकर अनिल केशरी शाहको तलब ५० प्रतिशतले बृद्धि



काठमाडौं, १८ पुस । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको तलब, भत्ता तथा अन्य सुविधा ५० प्रतिशतले बढेको छ । बैंकर शाहले २०२१ सालमा तलब, भत्ता र अन्य सुविधा बापत २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ प्राप्त गरेका हुन् ।

बैंकर शाहले २०२० मा १ करोड ६२ लाख ३४ हजार ३०२ रुपैयाँ मात्र प्राप्त गरेका थिए । आगामी पुस मसान्तमा नविल बैंकले साधारण सभा बोलाएको छ । बैंकले ३३ प्रतिशत बोनश र ४ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्