काठमाडौं, १८ पुस । काठमाडौं मेडिकल कलेजमा नेकपा एमाले निकट अनेरास्ववियु लगायतका विपक्षी गठबन्धन विद्यार्थी संगठनले ताला लगाएका छन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी अतिरिक्त शुल्क कलेजले विद्यार्थीहरुसँग लिएपछि अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
आयोगको तोकेको भन्दा बढी अतिरिक्त शुल्क लिएर विद्यार्थी तथा अभिभावकहरुलाई मर्कामा पारिएको, अतिरिक्त शुल्क नबुझाउनेलाई कक्षाकोठामा प्रवेश गर्न नदिएको घटना प्रतिपनि संगठनहरु विरोध गरेका छन् ।
काठमाडौं मेडिकल कलेजले आयोगबाट निर्धारण भएको भन्दा २० लाख रुपैयाँ अतिरिक्त शुल्क बुझाएपछि मात्र पठनपाठन सुरू गर्ने भनेपछि विद्यार्थीहरु थप आक्रोसित भएका हुन् ।