काठमाडौँ, २२ पुस । सत्ता गठबन्धनको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । गठबन्धनले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको बैठकमा सहभागीहरुले जनाएका छन् ।