Logo

अमेरिकी पुर्व राष्ट्रपति ट्रम्पद्धारा निर्धारित पत्रकार सम्मेलन रद्ध



एजेन्सी, २२ पुस। अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारित पत्रकार सम्मेलन रद्ध गरेका छन्। ट्रम्प स्वयमले जनवरी ६ मा भएको आक्रमणको वार्षिकोत्सवको अवसरमा फ्लोरिडास्थित आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम रद्ध गरेका हुन्।

विज्ञप्ति जारी गर्दै ट्रम्पले उक्त कार्यक्रम रद्ध गर्ने र यहि महिनाको अन्त्यमा उक्त कार्यक्रम एरिजोनामा बोलाउने भन्दै रद्ध गरेको बताएका छन्। गत वर्ष जनवरी ६ मा ट्रम्पका समर्थकहरुले वासिङटन डिसिस्थित क्यापिटोल आक्रमण गरेका थिए। उक्त आक्रमण हिंसामा परिणत भएको थियो। सो सम्बन्धमा अनुसन्धान जारी रहेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्