Logo

ओमिक्रोन बढ्न सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन



काठमाडौं, २३ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो। आजमात्रै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामाग्रीहरुको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । सरकारले सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि निर्देशन दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्