काठमाडौं, २५ पुस । देशभरका धेरै जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ भने केही जिल्लामा अध्यक्ष चयन भइसकेका छन् ।
गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका ती जिल्लामा शुक्रबारबाट अधिवेशन जारी छ ।
अहिलेसम्म तनहुँ र गोरखामा मात्र सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएको छन् । तनहुँमा श्री प्रसाद श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको नेकपा एमाले म्याग्दे गा. पा, का सचिब राजन कुमार श्रेष्ठ जानकारी दिए । तनहुँ र गोरखामा जिल्ला अध्यक्ष सर्वसम्मत् चयन भए पनि अन्य पदमा भने निर्वाचन नै हुने सम्भावना धेरै रहेको छ ।
गण्डकीमा एमालेका दुई नेता खगराज अधिकारी र पृथ्बी सुब्बा गुरुङको स्वार्थका कारण सहजरुपमा सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । अन्य सात जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको स्रोतले जनाएको छ । म्याग्दी, पर्वत, नवलपुर लगायतका जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि छलफल चलिरहेको छ ।