काठमाडौं, ३ माघ । आगामी माघ १५ गते बोलाइएको नेपाल बक्सिङ संघको साधारणसभा रोक्न माग गरिएको छ । नेतृत्वले एकलौटी र तानाशाही ढंगले साधारण सभा गर्न लागेको भन्दै दुई पदाधिकारीहरुले रोक्न माग गरेका हुन् ।
संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले वार्षिक साधारण सभा रोक्न माग गर्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा छुट्टाछुट्टै निवेदन दिएका हुन् ।
वार्षिक साधारण सभाको निर्णय एकलौटी गरेको, नेतृत्वले आफुनजिकका २/४ जनालाई बोलाएर बैठक बोलाउने र आफुखुशी निर्णय गरेको भन्दै साधारण सभा रोक्न जोडदार माग गरेको उनीहरुले मन्त्रालयमा बुझाएको पत्रमा उल्लेख गरिएको छ । नेतृत्वले पेलेरै जाने मनस्थितिबाट प्रेरित भएको आरोप उनीहरुले लगाएका छन् ।