Logo

आसिफ र प्रदिपको उत्कृष्ट साझेदारीमा एपीएफले आर्मीलाई दियो २३१ रनको चुनौती



काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २३१ रनको चुनौती दिएको छ ।

क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा त्रिुभवन आर्मी क्लबले टस जितेर एपीएफलाई ब्याटिङको निम्तो दिएको थियो ।

एपीएफले निर्धारित २० ओभरमा २ विकेटको निक्सानीमा २३० रन जोड्यो ।

एपीएफका लागि ओपनर आसिफ सेख र प्रदिप ऐरीको शानदार साझेदारी रह्यो । उनीहरुले १५० रनको साझेदारी गरे ।

जसमा आसिफ सेखले शानदार अर्धसतकिय इनिङ्स खेले । उनले ४३ बलमा ८४ रनको योगदान गरे भने प्रदिप ऐरी अविजित रहदै ५७ रन जोड्न सफल भए ।

यस्तै, लोकेश बमले १८ बलमा ६६ रन जोड्दै शानदार प्रदर्शन गरे । साथै, कप्तान शरद भेषवाकर भने ९ रनमा पबिलियन फर्किएका थिए ।

आर्मीको लागि जितेन्द्र मुखीयाले एक विकेट लिए ।

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई हराउदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरिसकेको छ ।

दोस्रो सेमिफाइलको विजेताले पुलिससँग भोली फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्