Logo

अब कोरोना परीक्षण सरकारीमा ८०० निजीमा १५०० रुपैयाँमा गर्न पाइने



काठमाडौं, ५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण गर्ने जनाएको छ ।

अन्यका लागि ८०० रुपैयाँ तोकिएको छ । यसअघि १ हजार तोकिएको थियो । यसैगरी, निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क २ हजार लिने गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्