Logo

वैदेशिक रोजगारीमा तेस्रो लहरको धक्का



काठमाडौं, माघ ५ । पछिल्लो ५र६ महीनादेखि लगातार बढीरहेको वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्या पुसमा भने साढे १० हजारले घटेको छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार पुसमा अन्तिम श्रम स्विकृती लिएर विदेश जानेको संख्या ६३ हजार हारहारी मात्रै छ । पछिल्लो छ महीनाको तथ्याकलाई हेर्दा करिव ३ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा २ लाख ९४ हजार २ सय ३६ जना नेपाली वैदेशिक रोजगारीको लागि गएको विभागको तथ्याङ्क छ ।

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या साउनमा सबै भन्दा कम २५ हजार ४ सय रहेकोमा मंसिरमा सबैभन्दा धेरै ७४ हजार ३५४ रहेको थियो ।

तर मंसिरको तुलनामा पुसमा विदेश जानेको संख्या भने साढे १० हजारले घटेको छ । मंसिरमा ७४ हजार ३५४ जना नेपालीले अन्तिम श्रम स्विकृती लिएकोमा पुसमा भने ६३ हजार ८२५ जनाले मात्रै अन्तिम श्रम स्विकृती लिएको विभागको तथ्याङ्क छ ।

विभागको तथ्याङ्क अनुसार मंसिरमा ३९ हजार ८०० भन्दा धेरै नेपालीले व्यक्तिगत रुपमा पुनः श्रम स्विकृती लिएर विदेश गएका थिए । तर पुसमा भने यसरी पुनः व्यक्तिगत श्रम स्विकृती लिएर विदेश जानेको संख्या ३० हजार ६०० मात्रै रहेको छ ।

संस्थागत रुपमा श्रम स्विकृती लिएर विदेश जाने कामदारको संख्या भने बढेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्