Logo

‘अर्ली इलेक्सन’मा नेकपा(एमाले)को असहमति होइन : महासचिव पोखरेल



काठमाडौँ, ७ माघ: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरूको असहमति अर्लिइलेक्सनप्रति नभएको स्पष्ट पारेका छन् । आज (शुक्रबार) सामाजिक संजाल फेसबूकमार्फत उनले एमालेको असहमति अर्लिइलेक्सनमा नभई सत्ता गठबन्धनको कुनियतमा भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेकपा एमालेको असहमति अर्लिइलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा एमालेको चाहना नै हो। तर, विभिन्न बहानामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठबन्धनको कुनियतप्रति भने नेकपा एमालेको गम्भीर असहमति रहेको छ ।’



प्रतिक्रिया दिनुहोस्