काठमाडौं, ८ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज विहान बसेको बैठकमा संघीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनभन्दा पहिले नै संघको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।
तर, आम रुपमा उक्त प्रस्तावको बारेमा आलोचना भएपछि फेरि स्थानीय तहको निर्वाचन पहिले गर्नेबारे सत्ता गठबन्धनमा छलफल भएको बताईएको छ । आज बस्ने उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा यस विषयमा छलफल हुनेछ । निर्वाचनको विषयमा सत्तापक्षीय गठबन्धनमा नै एकरुपता छैन् ।
माओवादीले भने आज स्थायी कमिटी बैठक राखेर निर्वाचनको बारेमा छलफल चलाएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको र आजै बस्ने संयन्त्रको बैठकमा पनि छलफल गरिने जानकारी दिए । file photo