Logo

हिमाल सुरक्षा परिषदले राखेको कुकर बम सेनाद्धारा निश्क्रिय



झापा, माघ ९ । जिल्लाको बिर्तामोडस्थित पश्चिम बस स्ट्याण्ड छेउमा फेला परेको बम जस्तै देखिने नक्कली बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। चारआलीस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोलीले नक्कली बम डिस्पोज गरेको हो।

इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार पश्चिम बस स्ट्याण्ड छेउमा कुकरमा बाहिर तार निकाले राखेको देखेपछि स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । कुकर भित्र बम बनाउन प्रयोग गरिने विस्फोटक पदार्थ रहेको सेनाले जनाएको छ ।

बमसँगै नेपाललाई हिन्दू राज्य कायम गरिनु पर्ने, संघीयता खारेज गरिनु पर्नेलगायत मागसहितको हिमाल सुरक्षा परिषद्को नामको पर्चा पनि भेटिएको छ । सार्वजनिक स्थलमा बम राख्नेहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्