काठमाडौं, ९ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मेगा बैंकले १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको भन्दा ७.३१ प्रतिशतले धेरै हो । साथै, बैंकको खुद ब्याज २.१३ प्रतिशतले घट्दा सञ्चालन नाफा भने १०.५८ प्रतिशतले बढेको छ ।
साथै, मेगा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्ष २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकको यो त्रैमासमा घटेर २ अर्ब ६४ करोड २१ लाख रुपैयाँमा झरेको हो । चर, यसको सञ्चालन नाफा भने बढेको छ । १ अर्ब ८२ करोड रुपैयाँबाट बढेर २ अर्ब रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको वितरण योग्य नाफा ८२ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०६ पैसा रहेको मेगा क्यापिटलले जनाएको छ ।