काठमाडौं, ९ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ती निकालेका छन् । अध्यक्ष ओलीले अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धनप्रति कडा टिप्पणी गरेका छन् ।
उनले भनेका छन्,-“गठबन्धन दलहरु नै संवैधानिक र संसदीय बाटोबाट होईन, सडकबाटै न्यायाधीश फेर्नेजस्तो अराजकतालाई प्रोत्साहन र संरक्षण गरिरहेका छन्, न्यायपालिकालाई पंगु र निरीह बनाउने कारक तत्व बनिरहेका छन् । ”