Logo

ओली भारतप्रति आक्रामक चीनप्रति लचक



काठमाडौं, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक रकालापानीलगायत नपाली भूभागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा सरकारले आपत्ती जनाउन नसकेर निरिहता प्रकट गरेको टिप्पणी गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै ओललिे सरकार राष्ट्रिय हित, स्वाभिमान र नागरिकको जीवनरक्षासँग जोडिएको कैयौं प्रश्नमा लाचार बनेको आरोप समेत लगाए ।

‘भारतसँग ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुङ्गो लगाउन सार्थक पहल गर्नु त परको कुरा– लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिरहेको छ,’ उनले भने,’भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर महाकालीमा वेपत्ता पारिएका जयसिंह धामीका सम्बन्धमा मौन बसेको सरकार राष्ट्रिय हित, स्वाभिमान र नागरिकको जीवनरक्षासँग जोडिएका कैयौं प्रश्नमा लाचार बनेको छ ।’

ओलीले चीनसँगको सीमाको प्रश्न विगतमै टुंगिइसकेको भन्दै सरकारले एकतर्फी रुपमा छानविन समिति बनाएकोमा आलोचना गरे । उनले चीनसँगको सीमाको विषयमा छानविन समिति बनाएर गुपचुप राखेको भन्दै छिमकी राष्ट्रसँगको सम्बन्धमा आशंका र अविश्वास पैदा गरेको टिप्पणी गरे ।

ओलीले एमसीसीका बारेमा सत्ता गठबन्धनका नेताहरुले विरोधाभाषपूर्ण अभिव्यक्ति दिएर विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेका छन् ।’

ओलीद्वारा देउवा सरकारमाथि १५ बुँदे हमला (पूर्णपाठसहित)



प्रतिक्रिया दिनुहोस्