Logo

नेप्सेमा १० अंकको गिरावट, ७ अर्ब बढीको कारोबार



काठमाडौं, ९ माघ । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा गिरावट आएपनि७ अर्ब बढीको कारोबार भएको छ । नेप्से परिसुचक आज १० दशमलव ८३ अंकले घटेर २९ सय २० दशमलव ५१ विन्दुमा थामिएको हो ।

शेयर बजार मापन सेन्सेटिभ इन्डेक्स भने आज (आइतबार) ० दशमलव ६ अंकले बृद्धि भएको छ ।

नेप्सेमा आज २३२ कम्पनीको ७ अर्ब ३० करोड ५० लाख ८ हजार २६३ रुपैयाँ बराबरको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता शेयर कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्