काठमाडौं, १० माघ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल दोस्रोपटक कोरोना संक्रमित भएका छन् । गजुरेल आफैले सामाजिक सञ्जालमार्फत आफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले पहिलो पटक जस्तो गाह्रो नभएको पनि बताएका छन् । सामाजिक सञ्जालमा लखेका छन्,‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिने चाहिँ हैन । तर थला चाहिँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन् ।’ उनले ओमिक्रोन पुष्टि भएर होम आइसोलेसनमा, अस्पतालमा तथा आईसीयुमा भर्ना भएका सबैलाई स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
यसअघि पनि उनलार्ई कोरोना पुष्टि भएर केही दिनआइसीयुमा उपचार गरिएको थियो ।