काठमाडौँ, १० माघ। चितवनको गोन्द्राङमा नालामा खसेर दुर्लभ एक सिगे गैडाको मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजे पुर्ब-पश्चिम राजमार्गको छेउमा रहेको नालामा गैंडा खसेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
भरतपुर माहानगर पालिकाले ६ लेन सडक बनाउने काम गरिरहेको छ । सोही स्थामा गैंडा सडक पार गर्न खोज्दा खसेको हुन सक्ने निकुञ्जले जनाएको छ ।
बन्यजन्तुको करिडोरको रुपमा रहेको बरण्डाभार जंगलबाट गैंडा लगाएतका बन्यजन्तुहरु सडक वारपार गर्ने गर्दछन ।यो गैंडाको खाग खुर निकालेर गैडालाई गाड्ने काम भएको छ ।सडकको छेउमा नै दुर्लभ गैंडा नालामा खसेर मरेपछि गैंडा हेर्नेहरुको घुईंचो लागेको थियो ।