Logo

बोरिस जोन्सनले भने- ‘युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक हुन्छ’



एजेन्सी, ११ माघ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएका छन् । युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथि हमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतानी दिएको बीबीसीले उल्लेख गरेको छ ।

सम्बोधनकै क्रममा उनले बेलायतले विभिन्न रक्षात्मक हतियारहरू यूक्रेनमा पठाइरहेको भन्दै यूक्रेनी नागरिकको रक्षाका लागि बेलायत उभिएको बताए ।‘विभिन्न जासुसीका अनुसार युक्रेन-रूस सीमाक्षेत्रमा रूसी सेनाका ६० समूह छन्‚ जसले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने योजना बनाइरहेका छन्‚’ प्रधानमन्त्री जोन्सनले भने ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्