Logo

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न आयोगको आग्रह



काठमाडौं, ११ माघ । स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनको मिति तोक्न बिलम्व हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै आयोगले आज विज्ञप्ति जारी गरेर सरकारलाई आग्रह गरेको हो ।

गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको समेत आयोगले जनाएको छ ।

स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आउँदो २०७९ जेठ ५ मा सकिने आयोगले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्