Logo

बागमती प्रदेशका यातायात मन्त्री दाहालको निर्देशन- ‘बिचौलियालाई भित्र पस्नै नदिनुस्’



काठमाडौँ, १३ माघ। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । उनले आज (बिहीबार) बिहान एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका हुन्।

उनले अनुगमनको क्रममा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । निर्देशन दिंदै उनले भने, ‘कार्यालयका कर्मचारीको कहिँकतै सेटिङ छ भने त्यसलाई हामी खोजी हाल्छौं । छोड्दैनौं कसैलाई पनि । आज कार्यालयहरुलाई भन्छौं– बिचौलियालाई भित्र पस्न नदिनुस् ।’

कानूनी कारबाहीमा ल्याएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारीहरु पनि हच्किएर सही बाटोमा आउने बताउँदै उनले भने, ‘पैसा ठूलो कुरा होइन रहेछ, इज्जत ठूलो कुरा हो । राम्रोसँग काम गर्यौं भने देशैभरी हामी हाईहाई हुन्छौं ।’Photo Source: Drishti



प्रतिक्रिया दिनुहोस्