Logo

हिमालयन बैंकको खुद मुनाफा १३.८० प्रतिशतले बढ्यो



काठमाडौं, १५, माघ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३।८० प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ६५ करोड ३२ लाख ६७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ८।९१ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ७५ करोड ९७ लाख ९ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ७।६६ प्रतिशतले घटेर एक अर्ब ६ करोड २० लाख ८९ हजार रूपैयाँमा सिमित छ । गत वर्ष बैंकले ९८ करोड ६४ लाख ८४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ३९ करोड ८३ लाख ९९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० ११ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्