काठमाडौं, १५ माघ । आहा रारा गोल्डकप फुटबलमा विभागीय टिम एपीएफले उपाधी उचालेको छ ।
शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा ५– ४ गोल अन्तरले हराउँदै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरका आधारमा गरिएको थियो ।
एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टी सुटआउटमा सफल बने ।
मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।
उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।