Logo

नर्सिङ परिषद्ले विशेषज्ञ नर्स दर्ताका लागि अनलाइन आवेदन खुलाउँदै (सुचनासहित)



काठमाडौं, १६ माघ । नेपाल नर्सिङ परिषद्ले विशेषज्ञ नर्सको नाम दर्ताका लागि आउँदो फागुन १ गतेदेखि आवेदन खुला गर्ने भएको छ ।

परिषद्ले आइतबार सूचना जारी गर्दै फागुन १ देखि चैत मसान्तसम्म अनलाइन फाराम भर्न सकिने जानकारी दिएको हो । नर्सको नाम दर्ताको लागि सक्कल कागजपत्रलाई स्पष्ट बुझिने गरी स्क्यान गरी अनलाइन अपलोड गर्न परिषद्ले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्