Logo

बेलारुस वा रुसमाथि हमला भए युद्ध हुन्छः बेलारुसका राष्ट्रपति लुकासेन्को



एजेन्सी, १६ माघ। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रुसमा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रुसले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला लुकासेन्कोको यस्तो बताएका हुन् ।

तर, ‘युद्ध भइहाले पनि त्यसमा कोही पनि विजेता नहुने’ र हरेक चिज गुम्ने उनको भनाई छ । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । बेलारुस र रुसले चाँडै नै युक्रेनको दक्षिणी सीमामा पर्ने युक्रेनमा संयुक्त सैन्य अभ्यास गर्दैछन् ।

युक्रेनको सीमामा दशौं हजार रुसी सेना तैनाथ भइरहेको पृष्ठभूमिमा दुई देशबीच सैन्य अभ्यास हुँदैछ । सेना परिचालनकै कारण अमेरिकी नेतृत्वको पश्चिमी गठबन्धन रुसँग क्रुद्ध छ । रुसले कुनै पनि बेला युक्रेनमा हमला गर्न सक्ने उनीहरुको अनुमान छ ।

रुसले युक्रेनमा हमला नगर्ने बताए पनि उसका पछिल्ला गतिविधिले अतिक्रमणको खतरा बढेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्