काठमाडौं, १६ माघ । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले आफूले अघि सारेका मागलाई उपेक्षा गरेर भित्तामा पुरयाउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने काम नगर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई चेतावनाी दिएका छन् । आज (आइतबार) अध्यक्ष लिङ्देनलाई ध्यानाकार्षण पत्र लेख्दै उनले यस्तो बताएका हुन।
उनले भनेका छन्-“मैले मंसिर २७गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय समितिको बैठकमा पेश गर्न र त्यसवारे आवश्यक निराकरण गर्न पुनस् आग्रह गर्दछु।फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने र पार्टीलाई दुर्घटना तर्फ धकेल्ने काम हुने छैन भन्ने अपेक्षा गरेको छु ।”