Logo

लोक सेवा आयोगको विज्ञापनप्रति एशोसिएसनको आपत्ति, सातौं तह कायम गर्न आग्रह



काठमाडौं, १७ माघ । बागमती प्रदेश लोक सेवा आयोगले पशु चिकित्सक अधिकृतका लागि खुलाएको विज्ञापनप्रति आपत्ति जनाइएको छ । पशु चिकित्सक अधिकृतका लागि खुलाएको विज्ञापनप्रति नेपाल भेटेरिनरी एशोसिएसनले विज्ञापन अनुसारको पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउन आयोगलाई आग्रह गरेको हो ।

लोक सेवा आयोग हेटौंडाले यही माघ १० गते प्रदेशका विभिन्न ७ वटा स्थानीय तहमा स्थायी पदपूर्तीको लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौं तहको विज्ञापन खुलाएको थियो ।

आज विज्ञप्ती जारी गर्दै एशोसिएसनले विज्ञापन अनुसारको पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउन अपिल गरेको छ ।

सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको स्मरण गराउँदै एशोसिएसनले आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी त्यस्तो गरिमामय निकायबाट पटक–पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पु¥याउने कार्य गरेको समेत आरोप लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्