डडेल्धुरा, माघ १८ । ललितपुरमा १२ देखि १७ बर्ष उमेर समूहका विद्यार्थीलाई विहिबारदेखि फाइजर खोप दिन शुरु गरिने भएको छ ।
यसअघि २४ गतेबाट शुरू हुने भनिएको खोप अभियान चार दिनअघि बाटै शुरू हुन लागेको हो । खोपको चिस्यान अवधि सकिनै लागेकाले चार दिन अगावै अभियान सञ्चालन गरिने भएको हो ।
यसैका आधारमा ललितपुर महानगरपालिकाले २० र महालक्ष्मी नगरपालिकाले २१ गतेबाट दोस्रो मात्राको फाइजर खोप अभियान शुरू गर्न लागेका छन् । जिल्लाले २० देखि २५ गतेसम्म अभियान सञ्चालन गर्नेछ ।