Logo

सुरेन्द्र थापालाई राष्ट्रिय बिमा कम्पनीमा कार्यकारी निर्देशक बनाउन अर्जुन भण्डारीको चलखेल



काठमाडौं, १८ माघ । अर्थमन्त्री जर्नादन शर्मा सही मान्छेलाई सही पदमा लानसक्ने खूबी भएका नेताको परिचय बनाउन सफल छन् । उनले ऊर्जामन्त्री हुँदा कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक बनाएर सही निर्णय गरेका थिए । कुलमानले लोडसेडिङ्ग हटाउन भूमिका खेले । त्यसले जर्नादनको राजनीतिक उचाई पनि बन्यो ।

अहिले अर्थमन्त्री रहेका जर्नादन शर्मा यसरी नै सही मान्छेलाई सही ठाउँमा लान लागिपरेका छन् । तर, केही व्यक्तिको निजी स्वार्थका कारण शर्माको छविमा नकारात्मक असर पर्न थालेको छ । उनले गृहजिल्लाका भनी ठाउँ दिएका निक्षेप तथा कर्जा सुरक्षण कोषका सदस्य सचिव तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन भण्डारीले औंला दिदा डुडुल्को नै निल्ने अवस्था निर्माण गर्न थालेका छन् । मन्त्री शर्माको चाहना अनुसार गृह मन्त्रालयबाट भण्डार्री अर्थमन्त्रालयमा काजमा ल्याएका थिए । अर्थ मन्त्रालयका प्रशासन हेर्ने उपसचिव भण्डारीलाई मन्त्रिपरिषदबाट निर्णय नै गराएर १३ मंसिरमा ६ महिनाका लागि कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो । राष्ट्रिय बिमा कम्पनीको बार्डको निर्देशक समेत भण्डारीलाई नै बनाइदिए । तर, भण्डारीले सही मान्छे छान्न भन्दा आफ्नो मान्छे छान्नमा समय बिताउन थालेका छन् । आफूअनकूलकालाई मन्त्रालय र मातहतका ठाउँहरुमा सेट गर्न लागेका छन् ।

भण्डारीको चाहना अनुसार राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा सुरेन्द्र थापालाई नियुक्त गर्ने भित्री तयारी भएको छ । बिमा कम्पनीमा खुल्ला प्रतिष्पर्धाबाट १२ मंसिरमा प्रमुख कार्यकारी निर्देशक पदका लागि आवदेन दिन खुल्ला गरिएको थियो । ९ पौषमा आवेदन दिनेहरुबाट सर्टलिष्ट गरी १६ र १७ पौषमा अन्र्तवार्ता र प्रस्तूती भइसकेको छ । त्यसमा ५ जनाको नाम अन्तिम प्रतिष्पर्धामा चयन गरियो । जसमध्ये तोयराज अधिकारी, बुद्धकाजी श्रेष्ठ, रामबहादुर खड्का, सुरेन्द्र थापा र शेखर बराल छन् । अन्तवार्ता भएको एक महिना बितिसक्दा पनि नियुक्तिको निर्णय भएको छैन । यसमा चलखेल भइरहेको बुझिएको छ । अर्थका उपसचिव अर्जुन भण्डारी पूरा हावी भएर सुरेन्द्र थापालाई बनाउन मरिमेटेर लागिरहँदा निर्णय ढिलाई भएको बुझिएको छ ।

सुरेन्द्र थापा विगतमा राष्ट्रिय बिमान कम्पनीकै कर्मचारी थिए । तर, काम भन्दा बढी राजनीतिक गर्ने भएपछि उनी टिक्न सकेनन् । त्यसपछि सहायक कार्यकारी निर्देशक बनेर अजोड इन्स्योरेन्समा पुगे । त्यहाँ पनि उनको खूबी देखिएन । अजोडमा पनि राजनीतिक गर्न थालेपछि निरन्तरता पाएनन् । कन्ट्रयाक्ट निरन्तरता दिइएन । त्यसपछि उनी अन्य विकल्प खोज्न नेताको घरदैलो गर्न थाले । यसमा उनले सफलता समेत पाउन थालेका छन् । थापालाई जसरी पनि ल्याउन अर्जुन भण्डारीले नियुक्तिको निर्णयलाई लम्ब्याइरहेको खुलेको छ ।

अर्जुन भण्डारीमार्फत् सुरेन्द्र थापाले मन्त्रालयमार्फत् बिमा कम्पनी लिमिटेडको बोर्ड सदस्यहरुलाई दबाब बढाइरहेको बुझिएको छ । थापाकै लागि भण्डारीको दौडधूप चलिरहेको छ । मन्त्री शर्माकै छविमा धक्का पर्ने गरी थापालाई उचालेर पदमा पुर्याउने वातावरण भण्डारीले विकास गर्न खोजिरहेका छन् ।

पाल्पाका सुरेन्द्र थापा विगतमा एमाले निकट थिए । अहिले उनी पदका लागि माओवादीसँग नजिकिएका छन् । थापा माओवादीमा लागेर बिमा कम्पनीका बोर्डका सदस्यहरुमाथि दबाब बढाइरहेका छन् । उनलाई अर्जुन भण्डारीको पूरा साथ छ । थापाले नियुक्ति पाएमा विमा कम्पनी लिमिटेडमा राजनीतिकरण बढ्नसक्ने भन्दै चर्चा चल्न थालेको छ । उनको पृष्ठभूमि नै जहाँ गयो त्यहीं राजनीति बढी गर्ने नै छ । उनको नियुक्तिले मन्त्री शर्माको छविमै असर पर्ने चर्चा समेत छ । जसमा अर्जुन भण्डारी सहयोग भइरहेका छन् ।

यसै पनि अर्थमा भण्डारीले प्रभाव जमाउँदा मन्त्री शर्मालाई एकपछि अर्को असरहरु परिरहेको छ । थापालाई विश्वास गरेर गृहबाट अर्थमा तान्दै मन्त्री शर्माले कर्जा सुरक्षा कोषको प्रमुख कार्यकारी अधिकृत नै बनाएका थिए । तर, कोषमा उनको भूमिका विवादमा परिसकेको छ । भण्डारीले कोषमा जानेवित्तिकै आफ्नै सेवा सुविधा बढाएका छन् । कोषमा अध्यक्षको बैठक भत्ता ४ हजारबाट बढाएर ७ हजार पुर्याएका छन् । सञ्चालकको भत्ता बढाएर प्रति व्यक्ति ७ हजार पुर्याएका छन् । मन्त्रालय र कोषको गरी दोहोरो गाडी सुविधा लिएको विश्वस्त स्रोतले बताएको छ ।

गृहजिल्लाको भएकै आधारमा शर्माले भण्डारीलाई धेरै विश्वास गरे । मन्त्रालय स्रोतका अनुसार धेरै विश्वास गर्दा भण्डारीका कारण शर्मा बदनाम हुने अवस्था बन्दै गएको छ । आफू अनुकूलकालाई मात्र नियुक्ति दिने गरी भण्डारी लागिपरेका छन् ।



प्रतिक्रिया दिनुहोस्