Logo

एनएफपिजेद्धारा सञ्चारकर्मीमाथि भएको दुव्यवहारको भर्त्सना, खोसिएको क्यामेरा फिर्ता गर्न माग



काठमाडौं, २० माघ । सामाखुशीस्थित् ट्रिपल स्टार म्यानपावरको कार्यालय परिसरमा समाचार संकलन तथा फोटो खिच्न खटिएका सञ्चारकर्मीहरुमाथि भएको कुटपिटको राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपिजे)ले घोर भत्र्सना गरेको छ ।

ट्रिपल स्टार म्यानपावरको कार्यालय परिसरमा भएको न्युज २४ नेपाल डटकम टीभीका फोटोपत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समुहका सदस्य महेश्वर के.सीमाथि म्यानपावरका कर्मचारीहरुले कुटपिट तथा दुव्यवहार गरेका थिए ।
पत्रकारहरुमाथि समाचार संकलन नगर्न र फोटो कैद नगर्न धम्की दिँदै केसीको क्यामेरा खोसेर लगेकोमा पत्रकार समुहले विरोध गरेको छ ।

घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुुनी कारवाही र खोसिएको क्यामेरा फिर्ता गर्न पनि सम्बन्धित निकायसँग समुहले माग गरेको छ । प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकार/पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षित रुप्मा काम गर्ने वातावरण निर्माण गर्न दिन पनि समुहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्