काठमाडौं, २१ माघ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सर्लाहीको क्रसर व्यवसायी अर्जुन रायमाझीमाथि भारतीय पेसेवर सुटरहरुलाई गोली हान्न दिएको आदेशको घोर भत्सर्ना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष सीताराम न्यौपानेले एक विज्ञप्ती जारी गर्दै घटनामा सम्लग्न दोषीहरु पत्ता लगाई तत्काल कानुनको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।
बाग्मती नगरपालिकामा कार्यरत लेखापाल विश्वराज पोखरेलको घटनामा सम्लग्नता देखिएको र पोखरेललाई अदालतले पक्राउ पुर्जी जारी गरेकोमा धन्यवाद दिँदै महासंघले यस घटनाले व्यवसायी कसरी सुरक्षित हुने भन्ने प्रश्न चिन्ह खडा भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महासंघले उक्त घटनाकै कारण व्यवसायी रायमाझी अहिले आफ्नो जिल्ला नै छाडेर काठमाडौंमा बस्नपरेकोमा दुःख समेत व्यक्त गरेको छ । यसको साथै सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न पाउने हक र अधिकार सुनिश्चित गरिदिन पनि सरकारसँग महासंघले माग गरेको छ । File Photo