काठमाडौँ, २१ माघ: सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ। पार्टीको आज (शुक्रबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसम प्रतिकूल भएको भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिएका हुन् ।
साथै, माग सम्बोधन नभए फागुन १ गतेदेखि आन्दोलनको कार्यक्रम ल्याउने पार्टीका महासचिव चन्दन सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ। मौसमले साथ दिएमा किसानहरूसँग अन्तर्क्रिया गर्नसमेत पार्टीले आग्रह गरेको छ।-Photo Source: https://www.facebook.com/drckraut