काठमाडौ, २३ माघ । पिपुल्स इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा फागुन १८ गते हुने भएको छ ।
सभाले यस कम्पनी र कञ्चनजंघा हाउजिङ लिमिटेड र पिपुल्स इन्भेष्टमेण्ट कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको निर्णयहरु बदर गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । ऋणपत्र निष्कासन गर्ने र आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट कम्पनीको कार्यालय थापाथली, काठमाडौंमा बिहान १०ः३० बजे शुरु गर्ने जानकारी दिएको छ ।