काठमाडौं, २३ माघ । गायिका सराना श्रेष्ठको स्वरमा नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । आइतवार सार्वजनिक भएको गीतमा दीपक शर्माको शब्द र संगीत तथा राजेन्द्र बजगाईंको एरेञ्ज छ । गीतको भिडियोमा निराजन प्रधान, उषा उप्रेती र सराना श्रेष्ठको अभिनय छ ।
उक्त गीतमा श्रीमतीले आफ्नो श्रीमानबाट सधै राम्रो व्यबहार र मिठो बोलीको अपेक्षा राखेको भिडियोमा देख्न सकिन्छ । जुन कुरा पछि आफ्नो श्रीमतीलाई दिएको दुख र ब्यस्त हुदाँ गरेको हेलाबाट आफूलाई पछुतो भएको भिडियोमा दर्शाइएको छ ।
भिडियोमा रमेश थापाको सम्पादन, प्रविण मानन्धरको कलर, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन र सारा श्रेष्ठकै निर्देशन छ । भिडियो हाई वेभ इटरटेन्टमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
भिडियोमा हेर्नुहोस्: