काठमाडौं, २३ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ ।
नेप्से परिसुचक आज ४० दशमलव ५७ अंकले घटेर २८ सय ३६ दशमलव १७ विन्दु कायम भएको छ त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव ७३ अंकले घटेर ५३१ दशमलव ९२ विन्दु कायम भएको हो ।
आज २२८ कम्पनीको ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ बराबरको शेयर खरिद विक्रि भएको छ ।