Logo

कमल थापाको भेलामा को को ? (तस्विरसहित)



काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले छुट्टै भेला गरिरहेका छन् । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा चलिरहेको भेलामा उनीपक्षीय राप्रपा नेताहरु सहभागी छन् ।

थापाको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, रोशन कार्की, महामन्त्री कुन्ती शाहीका अलावा पदाधिकारीहरुजयन्त चन्द लगायत सहभागी छन् ।

राप्रपा फुटाएर नयाँ पार्टी दर्ताको तयारीमा थापा लागेका छन् । यसबारे छलफलका लागि उनले अकस्मात भेला गरिरहेका हुन् । तर, थापालाई धेरैजसो पदाधिकारीले साथ नदिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्