काठमाडौं, २५ माघ । प्रुडेन्सियल इन्सुरेन्सले बोनस सेयर घोषणा गरेको छ । कम्पनीको माघ २४ गते (सोमबार) बसेको सञ्चालक समितिले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्ने प्रयोजनको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रस्तावित बोनस तथा नगद लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गर्ने जनाकारी दिएको छ ।
कम्पनीले हाल कायम रहेको १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ चुक्ता पुँजिबाट उक्त बोनस सेयर प्रस्ताव गरेको हो ।