Logo

आज यी कम्पनीको शेयरमुल्य सर्वाधिक बढ्यो



काठमाडौं, २५ माघ । नेप्सेमा आज १६ अंकको गिरावट आएको छ । मंगलबार ६ अर्ब बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयरको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीका लगानीकर्ताले आज ६ दशमलव १५ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको लगानकिर्ताले पनि धेरै कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ८३ प्रतिशतका दरले कमाएका हुन् ।

नेप्सेको अनुसार बुद्ध भुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले २ दशमलव ९९ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्