काठमाडौं, २६ माघ । सत्ता गठबन्धनभित्र विवाद चुलिदै गएको छ । केन्द्र देखि प्रदेशसम्म गठबन्धनभित्र विवाद चुलिएको छ ।
केन्द्रमा एमसीसीको विषयले गठबन्धनभित्र विवाद बढ्दै गएको छ । नेपाली काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसीलाई चुनाव पछि धकेल्न खोजिरहेका छन् । यसले विवाद बढ्दै गएको छ ।
केन्द्रमा एमसीसीको विवादले ल्याएको कम्पन प्रदेशहरुमा पुगेको छ । कर्णाली प्रदेशमा सत्ता गठबन्धनभित्र विवाद चुलिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल विस्तार गर्दा पेलेर गएपछि विवाद बढेको हो । यसलाई प्रचण्ड र माधव नेपालले समेत गम्भीरताका साथ लिएका छन् ।
बागमती प्रदेश र प्रदेश १ मा नेकपा एसको सरकार छ । त्यहाँ पनि विवादहरु देखिन थालेको छ । काँग्रेस र माओवादीले नेतृत्व गरिरहेका प्रदेशहरुमा पनि विवाद बढ्न थालेको छ ।
गठबन्धन जोगाउन देउवा, प्रचण्ड र नेपालले प्रयास जारी राखेका छन् । एमसीसीबारे मध्यमार्गी बाटो निकाल्न खोजेका छन् । तर, अवस्था जटिल बन्दै गएको छ । गठबन्धन नै धरापमा परेको छ ।