काठमाडौं, २६ माघ । नेप्सेमा आज २२ अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमुल्य बढेको छ । बुधबार सबैभन्दा धेरै लिवर्टी इनर्जीका लगानीकर्ताले धेरै कमाएका हुन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ०८ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।
यसैगरी, आरम्भ चौतारी लघुवित्तको शेयरमुल्य २ दशमलव ८० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले १ दशमलव ९७ प्रतिशत, एलआइसी नेपालका लगानीकर्ताले १ प्रतिशतका दरले कमाएको नेप्सेले जनाएको छ ।