काठमाडौं, २६ माघ । विवेकशील साझा पार्टीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
मिश्रले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्रअनुरूप एकता महाधिवेशन छलेको आरोपमा पाण्डेले मुदा दर्ता गराएका हुन् ।
मिश्रले पार्टीको विधान र संविधानविरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको पनि उनले आरोप लगाएका छन् ।