काठमाडौं, २७ माघ । नेपाल बायुसेवा क्याविन क्रु संघले नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामाको राजिनामा माग गरेको छ ।
संघले लामाको काम गर्नै शैली विधिसम्मत नभएको भन्दै गत माघ २३ गते बसेको सम्पुर्ण सदस्यहरुको बैठकले गरेको निर्णय अनुसार उप–निर्देशक पदबाट राजीनामा माग गरेको जनाएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन विभागका निर्देशकलाई बुझाएको पत्रमा काम गर्नै शैली विधिसम्मत नभएको र
नीति नियमभन्दा बाहिर गएर निर्णयहरू भएको भन्दै क्याबिन क्रु डिभिजनका उप–निर्देशक पदबाट क्याप्टेन लामाको राजिनामा माग गरिएको हो । उनीहरुले लामासँग काम गर्न असहज भएको समेत बताएका छन् ।