Logo

देशलाई प्रतिगमनसम्म पुर्याउनेहरु अहिलेकै गठबन्धनमा छन् : ओली (भिडिओसहित)



काठमाडौं, २८ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देश, लोकतन्त्र र जनताको पक्षमा पहेरदारको रुपम खडा रहेको बताएका छन् । उनले प्रतिक्रियावादी शक्तिहरुले देशलाई पछाडि लैजान नसक्ने बताए । आज पार्टी मुख्यालय थापाथलीबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आफूहरुले लिएको नीतिको कारण ०५४ को स्थानीय तहको निर्वाचनमा असाधारण सफलता हात पारेको पनि ओलीले सुनाए । उनले अहिलेको पाँच दलीय गठबन्धनमा निर्वाचन हुन नदिनेहरु रहेको आरोप लगाए । उनले भने,‘देशलाई प्रतिगमसम्मको अवस्थामा पुर्याउनेहरु अहिलेकै गठबन्धनमा छन् । चुनाव नचाहनेहरु पनि अहिलकेकै गठबन्धनमा छन् । त्यसका आधार तयार पार्नेहरु पनि यही गठबन्धनमा छन् । यो धन्दा उहाँहरुको, त्यो संयुक्त प्रयास आज पनि उहाँहरुको गठबन्धनकै रुपमा प्रकट भैरहेको छ ।’

०५९ सालमा स्थानीय तहको रिक्तता, संसद्को रिक्तता, निर्वाचनको अभाव र लोकतन्त्रको मर्म सिध्याईएको र त्यसले मुलुकलाई प्रतिगमनसम्म पुर्याएको पनि ओलीले स्मरण गराए । उनले जनप्रतिनिधिविहीनताले विकास निर्माणका काम अवरुद्ध भएको पनि दाबी गरे ।

https://www.facebook.com/communistpartynepal/videos/341754957876177



प्रतिक्रिया दिनुहोस्