काठमाडौं, २८ माघ । नेपाली काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा १३ फागुनमा अधिवेशन गर्ने निर्णय गरेको छ । आज यसबारे निर्णय भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
अधिवेशन हुन बाँकी जिल्लाहरुमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम छन् । ती जिल्लाहरुका वडा, पालिका, प्रदेश, निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १० फागुनमा अधिवेशन गरिसक्ने तय भएको छ ।