Logo

जनयुद्ध दिवस मनाउन ‘प्रचण्ड’ जनकपुर जाँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा



काठमाडौं, फागुन १ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औं जनयुद्ध दिवस मनाउन आज जनकपुरधाम जाने भएका छन् ।

मधेस सहिद प्रतिष्ठानले जनकपुरको कभर्डहलमा मध्याह्न १ बजे आयोजना गर्ने जनयुद्ध दिवस विशेष कार्यक्रममा सहभागी हुन प्रचण्ड जनकपुधाम लागेका हुन् । जनयुद्ध दिवसको अवसर पारेर आज मधेस प्रदेशमा पहिलो पटक सार्वजनिक बिदासमेत दिइएको छ ।

माओवादी जनयुद्ध सुरु भएको २७ औं वर्षगाँठको अवसरमा बिदा दिइएको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ।२०५२ साल फागुन १ गते माओवादीले विद्रोह सुरु गरेको दिनको सम्झनामा मनाउने जनयुद्ध दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको दिनलाई माओवादीले ‘जनयुद्ध’ भन्ने गरेको छ। यही अवसरमा मधेश प्रदेशले सशस्त्र द्वन्द्वको समयमा सहिद भएका तथा सदस्य गुमाएका परिवारलाई तीन लाख रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ। सो अनुदानवापतको पहिलो किस्ताको एक लाख रुपैयाँ आजै दिईने तयारी गरिएको छ।



प्रतिक्रिया दिनुहोस्