Logo

कमल थापाले लाक्पाको हातबाट लिए राप्रपा नेपालको अध्यक्ष



काठमाडौं, १ फागुन । कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष भएका छन् । उनलाई राप्रपा नेपालको अध्यक्ष रहेका लाक्पा तामाङले आज नेतृत्व सुम्पिएको घोषणा गरेका हुन् ।

थापाले एक अपिल जारी गरी राप्रपा नेपाललाई पुनजागृत गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौं ।’

राप्रपा नेपालको घोषणासभा ७ फागुनमा हुने उल्लेख छ । उनले हिन्दुराष्ट्र, सुशासन र समृद्धिको मूल एजेन्डा बोक्ने बताएका छन् । राजसंस्थाबारे केही उल्लेख गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्