काठमाडौं, १ फागुन । गौशालास्थित पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बतास गु्रपले सञ्चालन जिम्मा पाएको उक्त संरचना सञ्चालनमा तत्काल रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश उच्च अदालतले आदेश दिएको छ ।
पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरिएको थियो । त्यसविरुद्ध होटल सञ्चालकले रिट दायर गरेका थिए ।